
१२ माघ, धादिङ –
दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १ सय ४५ रनको फराकिलो जित हात पारेको छ ।
यससँगै तीन म्याचको सिरिजमा १–१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो ।
नेपालले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको जितका लागि सोमपाल कामीले पाँच र सन्दीप लामिछानेले चार विकेट लिए।
सोमपालले पहिलो ओभरको अन्तिम बल, तेस्रो ओभरको पाँचौं बल, पाँचौ ओभरको अन्तिम बल र छैटौं ओभरको पहिलो बल र १९ ओभरको तेस्रो बलमा विकेट लिएका हुन्। सोमपाल एक्लैले यूएईका सुरुवाती चार र अन्तिममा एक ब्याट्सम्यानलाई आउट गर।।
२०७५ माघ १२ गते प्रकाशित