
११ माघ, काठमाडौँ –
प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।
कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याए । प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक सुरु हुनासाथ नाराबाजी सहित रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।
लगतै विधेयकमाथि छलफल गर्न समय दिए तर, कसैले पनि भाग लिएनन् ।छलफलमा भाग लिने सांसद नभएपछि सभामुख महराले सदनमा बहुमतले शिक्षा विधेयक पारित भएको घोषणा गरे ।
कांग्रेसको अवरोधका बीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ । विधेयक पारित भैरहँदा कांग्रेसका सांसदहरुले चर्को नाराबाजी गरेको थियो ।
२०७५ माघ ११ गते प्रकाशित