

७ माघ, धादिङ –
नेपाल विद्यार्थी संघ धादिङको १४ औँ जिल्ला अधिवेशन सोमबारदेखि सदरमुकाम धादिङबेसीमा सुरु भएको छ । विद्यालयस्तरीय कमिटि गठन हुँदै स्थानीयतहमा अधिवेशन सम्पन्न भएपश्चात जिल्ला अधिवेशन आयोजना गरिएको हो ।
दुई नगरपालिका र ११ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको जिल्लामा चार सय ६१ जना अधिवशेन प्रतिनिधि रहेको नेवि संघ धादिङले जानकारी दिएको छ ।
सोमबार भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै घिमिरेले विद्यार्थीको हक, अधिकारका लागि नेविसंघ सधै चनाखो हुनुपर्ने बताएका छन् ।
नेवि संघ धादिङका अध्यक्ष ईश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस, नेविसंघका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
२०७५ माघ ७ गते प्रकाशित