Mon. Mar 10th, 2025

धादिङमा सातौं प्याब्सन प्रेसिडेण्ट कप प्रतियोगिता सुरु

२८ पुष,धादिङ

निजी तथा आवासीय विद्यालयहरू अर्गनाइजेसन (प्याब्सन) धादिङको प्याब्सन प्रेसिडेण्ट कप २०७५ प्रतियोगिता धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा सुरु भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सातौ प्याब्सन प्रेसिडेण्ट कप २०७५ प्रतियोगिता जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले उद्घाटन गरे सँगै सुरु भएको हो ।

पुस २७, २८ र २९ गते सम्म संचालन हुने उक्त प्रतियोगिताको कतिपय खेलहरु उद्घाटनकै दिन सकिएका छन्, भने भलिबल छात्र तर्फको खेल सेमी फाईनल प्रवेस गरेको छ ।

२०७५ पुष २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: