Mon. Mar 10th, 2025

स्पेनिस कोपा डेल रे : बार्सिलोना लेभान्टेसँग पराजित


२७ पुस, धादिङ–

बार्सिलोना स्पेनिस कोपा डेल रे को पहिलो लेगमा पराजित भएको छ । पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग दुई–एकले स्तब्ध भएको हो ।

खेलको चौथो मिनेटमै इरिक काबाकोले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । लगत्तै १८औं मिनेटमा बोर्जा मायोरलले गोल थप्दै लेभान्टेको अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म लेभान्टेले दुई–शून्यको अग्रता कायमै राख्यो । बार्सिलोनाका लागि ८५औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।

कोपा डेल रे को पहिलो लेग अन्तर्गत नै भएको अर्को खेलमा सेभियाले एथ्लिट्को बिल्बाओमाथि तीन–एकको जित निकाल्दा रियल सोसिडाड र रियल बेटिस एक–एकको बराबरीमा रोकिए ।

२०७५ पुस २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: