
२० पुष, धादिङ
नेपाल विद्यार्थी संघ नीलकण्ठ समन्वय समितिको अधिवेशन आज देउराली मावि ससाहमा सम्पन्न भएको छ । अधिवेशबाट नीलकण्ठ क्याम्पस धादिङबेशीमा अध्ययनरत दिनेश श्रेष्ठ संयोजक रहने गरि २९ सदस्यिय कार्य समितिको सर्वसम्मत चयन गरिएको छ । समितिको उपसंयोजकमा वविता परियार चयन भएकी छिन् ।अधिवेशनबाट ५८ जना जिल्ला प्रतिनिधी पनि सर्वसम्वत चयन गरिएको छ ।
नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाको प्रमुख आतिथ्यता रहेको अधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी र नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गानाको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले निशुल्क शिक्षा नेपाल विद्यार्थी संघले गरेको आन्दोलनको उपज भएको बताएका छन् ।नेपाल विद्यार्थी संघ नीलकण्ठ नगरपालिकाको अधिवेशनलाई शुभकामना मन्तव्य राख्दै धमलाले विद्यार्थीहरुको अगुवा संगठन नेपाल विद्यार्थी संघको आन्दोलन कै कारण मुलुकमा कक्षा १० सम्मको शिक्षा निशुल्क भएको बताएका हुन् ।
नीलकण्ठ क्याम्पसका स्ववियू सभापति सरोज पाण्डको सभापतित्वमा सम्पन्न अधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेस धादिङका उपसभापति भक्त लामा, सचिव हरिराम बुर्लाकोटी, नेताहरु झम्कनारायण श्रेष्ठ, कल्पना अधिकारी, नारायण कुमार श्रेष्ठ, विकास श्रेष्ठ, रामप्रसाद अधिकारी, क्षेत्रिय सभापति देवी कोइराला, नेविसंघ धादिङका अध्यक्ष इश्वर अधिकारी, नेविसंघ धादिङका नेता भिम भट्ट, नेविसंघ धादिङ- २ का अध्यक्ष रुवि भट्टराई, लगायतको आतिथ्यता रहेको थियो ।
२०७५ पुस २० गते प्रकाशित