
१९ पुस,काठमाडौं –
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार जना सदस्य मनोनीत गरेका छन्।
पार्टी सभापतिसमेत रहेका दलका नेता देउवाले संसदीय दल विधानको धारा १० को उपधारा २ (ग) अनुसार बुधबार कार्यसमिति सदस्य मनोनित गरेका हुन्।
देउवाले पार्टी केन्द्रीय सदस्यसमेत रहेका डीला संग्रौला मोरङ, पार्वता डिसी चौधरी दाङका साथै उमेश श्रेष्ठ ललितपुर र देवप्रसाद तिमिल्सिना रौतहटलाई मनोनित गरेको संसदीय दलको कार्यालयले जनाएको छ।
२०७५ पुस १९ गते प्रकाशित