Fri. Jan 31st, 2025

गाउँमा यूवा नहुँदा उद्धार भएन

IMG_9520 - Copy

१७ बैशाख, धादिङ :

उत्तरी धादिङका केही बस्तीमा रहेका घाइतेहरुको अझै उद्धार हुन सकेको छैन । सडक संजालले नछोएको तिप्लिङ, झार्लाङ, सेर्तुङ, लापा र रि गाविस सहित अन्य गाविसका वस्तीहरुका विरामीहरुको पनि उद्धार हुन सकेको छैन ।

गाउँका अधिकांश यूवाहरु रोजगारकिा लागि सहर बजार र विदेशतिर भएकाले गाउँमा बृद्धबृद्धा र बालबालिका र महिलाहरु मात्र रहेको र ती पनि भुकम्पमा परी घाइते हुँदा उद्धार हुन नसकेको हो ।
गत शनिबार मध्यान्न गएको भुकम्पमा परी घाइते घाइते भएका विकटमा पर्ने रि गाउँ विकास समितिको वडा नम्बर ४ चोके, इवी, लताव, धुसिनीका १४ जनाको उद्धार हुन सकेको छैन । झार्लाङको उङ्कुलमा १२ जना विरामीलाई उपचारको लागि सदरमुकाम ल्याउन नसकिएको स्थानीय राजेन्द्र तामाङले जानकारी दिनुभयो ।

स्थानीय एलिजर तामाङका अनुसार रि गाविसको चोके भन्ने ठाउँमा १५ जनाको घरले पुरिएर बेपत्ता रहेका छन् । १८ जना बेखबर रहेकोमा ३ पाँचौ दिनसम्म ३ जनाको मात्र शव निकालिएको उहाँले जानकारी दिनुभयो ।

हेलिकप्टरले उद्धार गर्न सकेको ठाउँहरुबाट घाइतेहरु सदरमुकाम ल्याइए पनि हेलिकप्टर बस्न नसकेको स्थानहरुमा अझै पनि घाइतेहरु छटपटाइ रहेको स्थानीयहरुले बताएका छन् ।
उपचार नपाएका घाइतेहरुको घाउ पाक्न थालिसकेको र त्यसको संक्रमणले अन्य रोग निम्त्याउन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । चार दिन सम्ममा उद्धार गरी सदरमुकाम ल्याएका घाइतेहरुको चोट लागेको ठाउँमा किरा परिरहेको छ ।

जिल्ला बाहिर रहेका व्यक्तिहरुले आफ्नो गाउँका भुकम्प प्रभावितहरुका लागि भनेर ल्याएको राहत सामाग्री र क्रिपालहरु सदरमुकाममै थन्किएका छन् ।
सडक पनि नपुगेको र व्यक्तिगत पहलमा ल्याइएका राहत सामाग्रीहरु हेलिकप्टरले पनि गाउँसम्म नपुर्याइदिएपछि सदरमुकामको खुल्ला मञ्चमा थन्क्याइएको रि गाविस इवीका एलिजर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, भुकम्पका कारण हाम्रा सबै घर भत्किएका छन्, बुढाबुढी र स साना बालबालिकाहरु खान नपाएर छटपटाइरहेका छन् । हामी आफैले सवा तीन लाख बराबरको सामान किनेर ल्याएका छौं । तर गाउँसम्म लैजान सडक छैन । हेलिकप्टरमा लैजान प्रशासनले दिँदैन । आफुहरुले ल्याएको सामान गाउँसम्म पुर्याइदेउ भन्दा प्रशासनले उल्टै धम्क्याएको रि गाविसका बुद्धि तामाङले बताउनुभयो ।
rah

 

About The Author

अन्य समाचारहरु: