
१६ पुस, धादिङ
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाइ साक्षी राखेर पार्टीभित्रको गुटवन्दी अन्त्य गरिनुपर्नेमा नेपाली काँग्रेसका प्रभावशाली नेता डाक्टर राम शरण महतले जोड दिएका छन् । ४३ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला समिति धादिङले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता महतले पार्टीलाइ एक ढिक्का बनाएर अघि बढ्नको लागि तछाड र मछाड नगरी सवैजना मिल्नुको विकल्प नभएको बताए ।
पार्टी भित्र आफ्नो र पराइको राजनिति गर्नेभन्दा पनि मेरिट बेसको आधारमा राजनिति हुनुपर्ने महतले बताए । गुटवन्दी अन्त्य गर्नको लागि सवैभन्दा ठुलो जिम्मेवारी पार्टी नेतृत्वको रहनेभएकाले नेतृत्वले सवै पक्षलाइ मिलाएर अघि बढेमात्र पार्टीभित्रको गुटवन्दी अन्त्य हुने महतको भनाइ थियो । विगतको चुनावमा पछि परेकाले पनि अव पार्टी भित्रको गुटवन्दी अन्त्य हुनु अपरिहार्य रहेको बताउदै महतले गुटवन्दी अन्त्य गर्नको लागि पार्टि कार्यकर्ताहरुले नै पनि नेतृत्वलाइ दवाव दिनुपर्ने बताए ।
विचार गोष्ठीलाइ सम्वोधन गर्दै नेता महतले विपि कोइरालाले मेलमिलापको निति लिएर नेपाल फर्केकाले नै देशमा परिवर्तन सम्वभव भएको बताए । छिमेकी बंगलादेश, पाकिस्तान, भुटान, अफगानिस्तान लगायतका देशहरुमा भारतको आन्तरिक प्रभाव बढ्दै गएको र सिक्किमलाइ समेत भारतले आफ्नो बनाइसकेको अवस्थामा राष्ट्रिय स्वाभीमान नै खतरामा पर्ने सक्ने देखेर विपिले आफ्नो ज्यानको बाजी राखेर राजासंग मेलमिलापको निति लिएर स्वदेश फर्केको स्मरण गरे ।
फरक प्रसङगमा बोल्दै नेता महतले नेपाली काँङग्रेसको अर्थनितिकै कारण देशमा अहिलेको आर्थिक परिवर्तन सम्भव भएको बताए । नेपाली काँग्रेसले २०४८ सालदेखी गरेको राम्रा कामहरुको प्रचार गर्न नसकेकैकारणले गएको निर्वाचनमा हार बहोर्नुपरेको बताउदै नेता महतले अरुले गर्दै नगरेको कामको प्रचार गरेर जनमत बटुल्दै गर्दा नेपाली काङग्रेस आँफैभित्र हराइरहेको टिप्पणी गरे ।
विपीले सोचे अनुरुपकै विकास र समृद्धिको लागि गाउँ गाउँमा विद्यालय खोल्ने, स्वास्थ्य चौकीहरु र बाटाघाटा बनाउने कामको सुरुवात नेपाली काँङग्रेसले गरेको बताउदै नेता महतले अहिले सरकारमा भएका कम्युनिष्टहरुपनि नेपाली काँग्रेसकै निति अनुसरण गरेर यो अवस्थामा आइपुगेको दावी गरे ।
२०७५ पुस १६ गते प्रकाशित