Fri. Mar 14th, 2025

हिउँदे अधिवेशन आजदेखि

११ पुस, काठमाडौं

संघीय संसद्को हिउँदे अधिवेशन बुधबार सुरु हुँदैछ। अपरान्ह ४ बजे बोलाइएको बैठकमा राजनीतिक दलका नेताले अधिवेशन प्रारम्भ अवसरमा मन्तव्य दिने छन्। प्रतिनिधिसभाको कार्यसूची तयार गर्न मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको थियो। बैठकले एउटा विधेयक र अध्यादेश पेस गर्ने कार्यसूची तय गरेको छ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रशासकीय अदालत विधेयक २०७५ लाई टेबुल गर्ने र कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत गर्ने कार्यसूची बनेको छ। राष्ट्रियसभाले पनि अधिवेशन आह्वानपत्र, राजनीतिक दलका नेताको सम्बोधन, कर्मचारी समायोजन अध्यादेशलाई कार्यसूचीमा राखेको छ।

२०७५ पुस  ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: