
८ पुस, धादिङ –
नेपाल विद्यार्थी संघले धादिङको तीन गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनको संघारमा पुग्दासंघले गाउँ तथा नगरपालिका स्तरीय अधिवेशनलाई तिब्रता दिएको छ । १३ वटा स्थानिय तह रहेको जिल्लाको रुविभ्याली गाउँपालिका, बेनिघाट रोराङ र गजुरी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए ।
आइतबार सम्पन्न गजुरी गाउँपालिकाको अधिबेशनबाट रिजन डल्लाकोटीको संयोजकत्वमा ७ सदस्यिय गाउँपालिका स्तरिय समिति गठन भएको छ । जसको सह संयोजकमा एलिसा अधिकारी तथा सदस्यहरुमा बुद्धीराम सुवेदी, दिपक ढकाल, सम्झना ओझा, राधिका चेपाङ र नारायण बस्नेत चयन भएका नेविसंघ धादिङका नेता रुवी भट्टराईले जानकारी दिए ।
साथै जिल्ला अधिवेशनको लागि १४ जना जिल्ला प्रतिनिधि चुनिएका छन् । जसमा रिजन डल्लाकोटी, एलिसा अधिकारी, बुद्धीराम सुवेदी, दिपक ढकाल, सम्झना ओझा, राधिका चेपाङ, नारायण बस्नेत, नवराज अधिकारी, सिताराम सुनार, गिताञ्जली प्याकुरेल, भवन श्रेष्ठ, मनिता खनाल, सुजन पाठक र श्याम तामाङ रहेका छन् ।
त्यस्तै बेनिघाट रोराङ गाउँपालिकाको अधिवेशनले पूर्ण मगरको संयोाजकत्वमा ११ सदस्यिय समन्वय समिति गठन गरेको छ ।
अधिबेशनमा नेपाली कांग्रेस धादिङका नेता तथा प्रदेश सभा उमेद्वार प्रभात किरण सुवेदीको प्रमुख आतिथ्यता, नेविसंघ धादिङका अध्यक्ष ईश्वर अधिकारीको विशेष आतिथ्यता र नेविसंघ धादिङ २ का सभापती रुवि भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।
२०७५ पुस ८ गते प्रकाशित