Mon. Mar 10th, 2025

भैरहवालाई हराउँदै ललितपुरले जित्यो ईपीएलको उपाधि


७ पुस, धादिङ –

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको उपाधि ललितपुरले जितेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको भैरहवाले बाँकी खेलमा अपराजित रहँदै उपाधि जित्न सफल भयो ।  टस हारेर पहिला ब्याटिङ गरको ललितपुरले १९.१ ओभरमा १५५ रन बनाएको थियो । ललितपुरका लागि जयकिशन कोल्सावालाले अर्धशतकीय पारि खेल्दै टिमलाई सम्मानजनक स्कोरमा पुराउन मद्दत गरेका थिए ।

कोल्सावालाले ४७ बलमा अर्धशतक बनाउँदा २ चौका र ३ छक्का प्रहार गरेका थिए । एक छेउबाट लगातार विकेट गुमे पनि अर्को छेउमा कोल्सावालाले ललितपुरको पारी अगाडि बढाएका थिए । उनले आफ्नो पारीमा ३ छक्का र ३ चौकाको मद्दतले ५७ रन जोडेका थिए ।

ओपनिङ गर्न आएका जयकिशन कोल्सावाला र गौरब तोमारले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

२०७५ पुस ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: