Wed. Nov 27th, 2024

कैलाश विकास वैङ्कको ७२ औ शाखा धादिङवेशीमा

६ पुस, धादिङवेशी –

कैलाश विकास बैङ्कले जिल्ला सदरमुकाम धादिङवेशीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बेङ्कबाट वित्तिय कारोवार गर्न ख वर्गको इजाजत पाएको बैङ्कले आफ्नो ७२ औ शाखाको रुपमा धादिङवेशीमा शाखा कार्यलय उद्घाटन गरेको हो ।

नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङगानाले एक कार्यक्रमका वीच शाखाको शुभारम्भ गरे । बैङ्क उद्घाटन गर्दै मेयर ढुङगानाले धादिङबासीको विकास र ब्यवसायको बृद्धिको लागि कैलाश विकास बैङ्कले उत्कृष्ट भुमिका खेल्नेमा आफु आशावादी रहेको बताए ।

२ अर्व ५२ करोड शेयर पुँजी रहेको बैङ्कले २०७५ आषाढ मसान्तसम्म २४ अर्व ४० करोड रुपैया निक्षेप संकलन गरिसकेको छ भने विभिन्न क्षेत्रमा २२ वर्ष ८० करोड भन्दा बढी लगानी गरिसकेको छ । देशका विभिन्न जिल्लामा शाखा संचालन गरि सेवा दिँदै आएको बैङ्कको २८ वटा एटीएम काउन्टर संचालनमा छन् ।

धादिङवेशीको फैलदो ब्यापार ब्यवसायलाइ लक्षित गरि साना ब्यापारी देखी ठुला ब्यापारीसम्म, कृषि तथा पशुपालन क्षेत्र र घरजग्गाको क्षेत्रमा सस्तो र शुलभ ब्याजदरमा लगानी गरिने धादिङवेशी शाखाका प्रवन्धक योगविलास दुवाडीले जानकारी दिए ।

२०७५ पुस ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: