Tue. Nov 26th, 2024

भाषा नबुझ्दा उपचारमा समस्या

IMG_9711

सरिता श्रेष्ठ,
बैशाख १५, धादिङ ः जिल्ला अस्ताल धादिङमा उपचारका लागि ल्याइएका अधिकाँश विरामीहरुको भाषा बुझ्न र बुझाउन नसक्दा उपचारमा समस्या भएको छ ।

अधिकाँश तामाङबस्ती रहेको उत्तरी क्षेत्रवाट हेलिकप्टर मार्फत जिल्ला अस्पताल ल्याइएका विरामीहरुले बोल्ने भाषा स्वास्थ्यकर्मीहरुले बुझ्न नसक्दा समस्या बढेको हो । कोही त बोल्नै नसक्ने र बौल्न सक्नेहरुले पनि नेपाली भाषामा कुरा गर्न नसक्दा समस्या थपिएको स्वास्थ्यकमीहरुले बताएका छन् ।

घाइतेहरु अधिकाँश बालकालिका र बुढाबुढी रहेका छन । तामाङ भाषा मात्र जानेको घाइतेहरुले नेपाली भाषा बुझ्न नसक्दा के भएको र कहाँ चोट लागेको समेत पत्ता लगाउन गाह्रो भएको चिकित्सकहरुले बताएका छन । हेलिकप्टर मार्फत विरामीहरुको उद्धार गर्दा विरामीलाइ मात्र ल्याइएको र उनीहरुको आफन्तलाइ ल्याउन सकिएको छैन ।

ठुलो हेलिकप्टर घाइते लिन जाँदा अवतरण गर्न नसक्नेटर साना हेलिकप्टर ले आफन्त ल्याउन नसक्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल धादिङका हेल्थ असिष्टेन्ट कुमार श्रेष्ठले भने, ‘चोट लागेको तत्काल उपचार त गरिएको छ तर उपचार गराइरहेका विरामीहरुको फलोअपमा समस्या परिरहेको छ ।’

About The Author

अन्य समाचारहरु: