Fri. Mar 14th, 2025

सरकार र पार्टी सन्चालन पद्धतिको आलोचना

३ पुस, काठमाडौं –

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको सोमबारको बैठकमा नेताहरुले सरकार र पार्टी सञ्चालन पद्धतिको खुलेर आलोचा गरेका छन्।

अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समिति सदस्यहरुले सरकारका गतिविधिबारे पार्टीभित्र छलफल नभएको, एकलौटी निर्णय गरेको, विधानअनुसार पार्टी सञ्चालन नभएको टिप्पणी गरे। उनीहरुले विधानअनुसार तीन महिनामा स्थायी समिति बैठक बस्नुपर्नेमा ६ महिनामा बसेको, स्थायी समितिबाट निर्णय गर्नुपर्ने विषयलाई सचिवालयबाटै निर्णय गराइएको जस्ता विषयमा असन्तुष्टि जनाएका थिए।

उनीहरुले सरकारी तहमा भएका निर्णय विवादास्पद हुनुका साथै नियुक्ति, सरुवाजस्ता विषयमा सरकारी तहमा बिचौलिया हाबी भएका कारण सरकार बढी आलोचित भएको तथा सकारको कार्यशैलीमा देखिएका त्रुटि औल्याउँदा गाली खानुपर्ने स्थिति हुँदा सरकारको गति ठीक दिशातर्फ उन्मुख नभएको टिप्पणी पनि सदस्यहरुले बैठकमा गरेका थिए।

बैठकमा प्रत्येक सदस्यलाई आफ्ना धारणा राख्न २० मिनेटको समय दिइएको थियो। धारणा राख्नेमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, घनश्याम भुसाल, बेदुराम भुसाल, गणेश साह, मुकुन्द न्यौपानेलगायत १० जना थिए। उनीहरुले पार्टी एकीकरणमा लामो समयसम्म ढिलाइ हुँदा सर्वत्र आशंका र समस्या उत्पन्न भएको धारणा राखेका थिए।

२०७५ पुस ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: