Mon. Mar 10th, 2025

गहभरी आँसु बनाउँदै शक्ति गौचनले लिए सन्यास

२९ मंसिर, काठमाडौँ –

नेपाली क्रिकेटका भेट्रान बलर शक्ति गौचनले दुई दशक लामो खेल जीवनबाट बिदा लिएका छन् । शनिबार भएको खेलमा चितवन टाइगर्सले शक्ति उपकप्तान रहेको पोखरा पल्टनलाई ७ विकेट पराजित गरेसंगै उनले खेलबाट सन्यास लिए । खेल हारेकै कारण उनको सन्यास भने सुखद हुन सकेन ।

मैदान छोड्दै गर्दा आँखा भरी आँसु बनाएका शक्तिले भने ‘अन्तिम दिन यागदार रहनेछ । यो क्षण कहिल्यै बिर्सने छैन ।’ खेलबाट सन्यास लिए पनि नेपाली क्रिकेटको बिकासमा आफुले सक्दो सहयोग गर्ने बताए । उनले भैरहवामा क्रिकेट एकेडेमी समेत सञ्चालन गरेर थुप्रै युवा खेलाडीहरु उनले उत्पादन गरिरहेका छन् ।

देव्रेहाते स्पिनर शक्ति नेपालका प्रमुख बलर बनेका थिए । पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यको कारण पनि उनले खेलाडी भन्दा खेल ब्यवस्थापन र प्रशिक्षकमा हात हालेका थिए ।

उनले सक्रिय क्रिकेटबाट टाढा भएपछि यू(९१९ क्रिकेट टिमका टिम लिडरका रूपमा गएका थिए । सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेट सुरू गरेका शक्तिले सिंगापुरमा भएको एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।

२०७५ मंसिर २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: