Fri. Mar 14th, 2025

सरकारको विकल्प खोजे त्यो असम्भव हुनेछ : मन्त्री बास्कोटा


२५ मंसिर, धादिङ–

नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकार विधि र प्रक्रिया भन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले वर्तमान सरकारको विकल्प कसैले खोजे त्यो असम्भव हुने बताए ।

प्रजातन्त्रिक प्रक्रियाबाटै सरकार चली रहेको बताउदै प्रेस स्वतन्त्रता खतरामा परेको टिक्का टिपण आई रहेको बेला यो निरार्थक रहेको र विपक्षहरुले अलोचना मात्र गरेको उनले बताए । मन्त्रि बास्कोटाले पत्रकार र पत्रकारीताको लागि अब छिट्टै नयाँ ऐन बन्न लागेको समेत जानकारी दिए ।

समानुपातिका विज्ञापन प्रणली लागु गर्ने कुरामा सरकारको अलोचना गर्न कोही कसैलाइ पनि छुट नभएको समेत उनले बताए ।

२०७५ मंसिर २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: