
१७ मंसिर, धादिङ–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७ वटै प्रदेशका सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।
मंसिर १२ गते बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरेको हो । २ सय १७ सदस्यिय ३ नम्बर प्रदेश कमिटिमा नेकपा एमालेबाट ११६ र तत्कालिन मओवादी केन्द्रबाट १०१ जना रहेका छन ।
३ नम्बर प्रदेश कमिटिमा धादिङ जिल्लाबाट तत्कालिन नेकपा एमालेका भुमी त्रिपाठी, डा. राम कुमार अधिकारी, गुरु प्रसाद बुर्लाकोटी , नेत्रराज पौडेल, जानुका सिंखडा, रामप्रसाद अधिकारी, र तत्कालिन माओवादी केन्द्रका राम बहादुर भण्डारी, मनराज भण्डारी, शम्भु श्रेष्ठ, दिपा सिंखडा, धन बहादुर बुर्लाकोटी प्रदेश कमिटीमा मनोनित भएका छन् ।
सातवटा प्रदेशमा कुल १३९० जना नेताहरुले प्रदेश कमिटीको जिम्मेवारी पाएका छन् । यीमध्ये ७३९ जना पूर्वएमालेबाट परेका छन् भने ६४८ जना पूर्वमाओवादीबाट प्रदेश कमिटीमा परेका छन् ।
२०७५ मंसिर १७ गते प्रकाशित