१५ मंसिर, धादिङ –
मेगा बैंक नेपाल लिमिटेडले धादिङको सिद्धलेक गाउँपालिका १ अन्तर्गत बैरेनीमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समितीका सदस्य कृष्ण अर्यालले सो सेवाको उद्घाटन गरेका हुन् ।
घरदेखी वैंकसम्म पुग्न नसकेका नागरिकहरुलाई लक्षित गर्दै यस सेवा संचालनमा ल्याएको व्यवसायी प्रतिनिधी भगवान भट्टले बताए । यस सेवामा रकम डिपोजिट , दश लाख सम्मको लोन तथा वैंकमा हुने सम्पुर्ण कार्यहरु संचालनमा आउने उनले बताए ।
यस अघि मेघा बैँक धादिङको सुनौलाबजारमा रहेको साखा संचालनमा रहेको छ भने नलाङको ठाटी भञ्ज्याङमा पनि साखा रहित बैंकिङ्ग सेवा संचालन गरेको थियो हाल त्यो साखाहरु संचालनमा छैनन् ।
२०७५ मंसिर १५ गते प्रकाशित