२ मंसिर, धादिङ –
धादिङ जिल्लामा मंसिर ३ र ४ गते विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण धादिङले जनाएको छ ।
मर्मत संभारका लागि भन्दै नेपाल विद्युत प्राधिकरणले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा बन्द गर्ने बताइएको छ ।
नुवाकोट जिल्लाको देविघाट जलविद्युत्त केन्द्रवाट धादिङ जिल्ला तर्फ ल्याईएको विद्युत्त प्रशारण लाइनमा केही समययता अवरोध देखिएका कारण त्यसको मर्मत संभार गर्नका लागि सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
जिल्लाका विद्युत उपभोक्ताहरु छिन–छिनमा हुने गरेको विद्युत आपुर्तिको अवरोधबाट हैरानी खेपिरहेका छन् । सदरमुकाम धादिङबेसी आसपास र नजिकका गाउँपालिकाहरुमा विद्युत वितरण गर्दै आइरहेको धादिङ शाखाले प्रदान गरेको सेवामा दैनिक समस्या आइरहदा पनि दिर्घकालिन समाधान हुन सकेको छैन ।
२०७५ मंसिर २ गते प्रकाशित