Mon. Mar 17th, 2025

श्रीलंकाली संसदमा फेरि हंगामा, खुर्सानीको धुलो र कुर्सी फ्याँकियो


१ मंसिर श्रीलंका –

 

श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका श्रीलंकाली सांसद शुक्रबार झनै उग्र रुपमा उत्रिएका थिए ।

शुक्रबारको संसद बैठकमा सांसदहरुले एक अर्कामा खुर्सानीको धुलो फ्याँके । बिहीबारको कुर्सी हानाहान शुक्रबार पनि दोहोरियो । संसद बैठक उग्र भएपछि सभामुख कारु जयसूर्याले भित्रै प्रहरी बोलाउनु परेको थियो । उनले सोमबारसम्म सदनको कारबाही स्थगित पनि गरेका छन् ।

शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पास भएको छ । राजापाक्षे समर्थक सांसदहरुले विपक्षी सांसदहरुलाई अवरोध पुर्याउन हंगामा गरेका थिए । उनीहरुले प्रहरीमाथि पनि खुर्सानीको धुलो फ्याँकेका थिए । सदनमा ४५ मिनेटसम्म हंगामा मच्चिएपछि सभामुखले प्रहरी नै गुहार्नु परेको थियो ।

श्रीलंकाली राष्ट्रपतिले जननिर्वाचित प्रधानमन्त्री विक्रमासिंघेलाई हटाएर असंवैधानिक तरिकाले पूर्व राष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री बनाएपछि श्रीलंकाली राजनीति तरंगित भएको छ ।

२०७५ मंसिर १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: