२६ कात्तिक, धादिङ –
जिल्ला अस्पताल धादिङमा मर्चुरी फ्रिज (शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) नहुदाँ समस्या भएको छ । फ्रिज नहुँदा शवगृहमा राखिएका शवहरु कुहिने, गन्हाउने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।
फ्रिज नहुदाँ कहिलेकाँही बेबारिसे शव धेरै समयसम्म राख्नुपर्दा अस्पतालका चिकित्सक तथा आसपासका स्थानीयहरुले ठूलै समस्या झेल्दै आइरहेका छन् ।
धादिङबेसी आसपास तथा अन्य ठाउँहरुबाट दुर्घटनाका क्रममा मृत्युवरण पश्चात पोष्टमार्टम गर्न सनाखत नभएका शवहरु स्वास्थ्य संस्थामा सामान्य अवस्थामा राख्नुपर्ने हुन्छ तथा अस्पतालमा रहेको एक मात्रै मुर्दाघरमा पनि मर्चुरी फ्रिज नहुदाँ समस्या हुने गर्दछ ।
एक त मर्जुरी फ्रिज नै छैन भने अर्कोतिर आवश्यक उपकरण र चिकित्सक नहुदाँ हैरानी खेप्नु परेको छ । जिल्ला अस्पताल धादिङमा छुट्टै शव गृह नभएको र लास राखिने चिस्यान केन्द्र (फ्रीज) नभएकोले लामो समय राखिने शवका कारण दूर्गन्ध फैलिने गरेको छ ।
२०७५ कात्तिक २६ गते प्रकाशित