Thu. Nov 28th, 2024

भूकम्पपछि भत्किएको तामाङ बस्तीमा विद्यालय भवन निर्माण

१६ कात्तिक, धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका १ मा विद्यालय भवन निर्माण गरिएको छ । भूकम्पले बस्न नहुने गरी विद्यालय भत्किएपछि युनाईटेड मिसन टु नेपाल (यूएमएन) को साझेदारीमा प्रयास नेपाल धादिङले विद्यालय भवन निर्माण गरेको हो ।

भूकम्पपछि जिल्लाका विभिन्न ठाउँहरुमा विद्यालय भवन निर्माणपछि विद्यालयलाई हस्तान्तरण समेत गरिसकेको छ । विहिबार बेनिघाट रोराङ – १ मा नवनिर्मित जरुङ सिमटार आधारभूत विद्यालयको पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । जरुङमा दुई दुई कोठाको दुई वटा भवन निर्माण गरिएको छ । भवन ४४ लाख ६६ हजार ५ सय ३५ रुपैयाको लागतमा निर्र्माण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए ।

त्यस्तै ४५ लाख २९ हजार १ सय १ को लागतमा सिम्टार आधारभूत विद्यालय र २४ लाख १३ हजार ४ सय ९० रुपैयाको लागतमा सिंहदेबी आधारभूत विद्यालयमा निर्मित भवन पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयलाई हस्तान्रण गर्दै गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले सबै बालबालिकाहरुले सम्मानजनका रुपमा शिक्षा पाउनुपर्ने बताए ।

कार्यक्रमको अवसरमा जरुङ खानेपानी आयोजना र बासखर्क खानेपानी आयोजनाको पनि उद्घाटन गरिएको छ । लामो समयसम्म खानेपानीको समस्या भोगिरहेका स्थानीयहरु खानेपानी आयोजना आएपछि खुसी भएका छन् ।

२०७५ कात्तिक १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: