८ कात्तिक, धादिङ –
धादिङको बेनिघाट रोराङ गाउँपालिका -२ मासखर्कमा रहेको पन्चकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरीका सामान र स्कुल पोशाक वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत ५० जना चेपाङ छात्र छात्राहरुलाई ३५ हजार बराबरको स्कुल पोशाक र स्टेशनरी समान वितरण गरिएको हो ।
नेपालबाट जापानमा पढ्न गएका जिल्लाको सिद्धलेक गाउँपालिकास्थित नलाङका बिमल श्रेष्ठ र मलेखुका रामकुमार थापाको पहलमा सहयोग गरिएको हो ।
२०७५ कात्तिक ८ गते प्रकाशित