

१ कात्तिक, काठमाडौँ –
क्रिमियाको एउटा क्याम्पसमा अन्धाधुन्ध गोली प्रहार हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ भने केही घाइते भएका छन् ।
क्रिमियाको केर्च पोलिटेक्निक क्याम्पसमा अध्ययनरत १८ वर्षीय भ्यादिस्लाभ रोसल्याकोभले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । साथीहरुको हत्यापछि उनले पुस्तकालयमा पुगेर आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अधिकारीहरुले जनाएका छन् ।
घटनास्थलमा एउटा विस्फोट पनि भएको प्रत्यक्षदर्शीले जनाएका छन् । क्याम्पसमा भएको अन्धाधुन्ध गोली प्रहारसम्बन्धी घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएका छन् ।
२०७५ कात्तिक १ गते प्रकाशित