२१ असोज, धादिङ –
अन्तराष्ट्रिय दृष्टि दिवसको अवसर पारेर आयोजना गरिएको निशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखा परिक्षण गराएका छन् ।
धादिङ सामुदायिक आँखा केन्द्रको प्राबिधिक सहयोगमा सामुदायिक वाल विकाश कार्यक्रम, नेपाल, चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज को आयोजना एबं जनजागृती मा.बी महादेबबेशीको व्यवस्थापनमा जिल्लाको थाक्रे गाऊँपालिका ६ मा एक दिने निशुल्क आँखा शिविर संचालन गरिएको थियो ।
शिविरमा ८७ बर्षिय सुर्य वहादुर भुजेलको आखा परिक्षण वाट वडा नः ६ वडा अध्यक्ष पूर्ण वहादुर कार्कीले उपचार स्लिप आँखा केन्द्र ईन्र्चाज राम सिंह तामाङलाई हस्तान्तरण गरिएको थियो ।
शिविरमा एक सय २९ जना महिला र सय जना पुरुष गरी दुई सय २९ जनाले आँखा परिक्षण गराएको आयोजक संस्थाले जानकारी दिएको छ । शिविरवाट २१ जना बिरामीहरुको मोतिया विन्दुको पहिचान भई पहिचान भएका मोतिया विन्दुका बिरामीहरुलाई निशुल्क उपचार सहयोग गरिने आयोजक संस्था सिडिपि एन र सिड्स धादिङले जनाएको छ ।
२०७५ असोज २१ गते प्रकाशित