Mon. Mar 10th, 2025

टी-२० विश्वकप छनोटः नेपालको लक्ष्य च्याम्पियन बन्ने

१५ असोज, धादिङ –

दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ आज मलेसिया प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली अपराहृन १ बजे मलेसियाका लागि उड्ने कार्यक्रम छ ।

विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । नेपालले पहिलो खेल पर्सी बुधबार म्यानमारसँग खेल्नेछ । समुहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् ।

एसियाली छनोट ‘ए’बाट यूएई, कतार र कुवेत शीर्ष तीनमा आइसकेका छन् । समूह ‘बी’बाट तीन टोली थपिएर ६ देशबीच खेल हुनेछ र त्यसमा शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

२०७५ असोज १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: