
८ असोज, धादिङ –
धादिङको नेत्रावती गाउँपालिका स्थित मार्पाकमा ‘दोस्रो नेत्रावती डपजोङ कप’ फुटबल प्रतियोगिता हुने आयोजना हुने भएको छ । प्रतियोगीता असोज २४ गतेदेखि ३० गतेसम्म संचालन हुनेछ ।
मार्पाक सामुदायिक क्लबको आयोजना, सुकेल छार युवा क्लब, पोल्चेत युवा क्लब, लामिडाडा युवा समाज, थला जनचेतना युवा समाजको सहआयोजना, नेत्रावती डपजोङ्ग गाउँपालिकाको कार्यालयको सहकार्य तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगीता हुन लागेको हो ।
प्रतियोगीतामा प्रथम हुने टिमलाई ६६ हजार ६ सय ६६, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रत्येक खेलमा म्यान अफ द म्याच ट्रफी, उत्कृष्ट ६ खेलाडीलाई बेष्ट प्लेयर ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका काजीराम अधिकारीले जानकारी दिए । मार्पाकमा हुने प्रतियोगीताका लागि तयारी तीब्र बनाइएको छ ।
२०७५ असोज ८ गते प्रकाशित