४ असोज, धादिङ –
धादिङबेसीमा संचालन भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् ।
‘आजको आवश्यकता, रक्तदानमा युवाको जनसहभागीता’ भन्ने नाराका साथ संविधान दिवसको अवसरमा धादिङबेसीस्थित बीचबजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा १५ जना महिला र ४६ जना पुरुष गरी ६१ जनाले रगत दान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोगमा युवा संघ, वाइसेल, अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
२०७५ असोज ४ गते प्रकाशित