Wed. Nov 27th, 2024

बौद्धिक अपाङगता भएका बालबालिकालाइ युनिटी सहकारीको सहयोग

१७ भदौ,धादिङ –

युनिटी स्वास्थ सहकारी सस्था लिमिटेडले स्थापनाको नवौ वर्ष बौद्धिक अपाङगता भएका बालबालिकाहरुसंग मनाएको छ । स्वास्थ्यकर्मी र औषधि विक्रेताहरुद्धारा प्रवद्र्धित सहकारीले स्थापना दिवसको अवसर पारी सदरमुकाम धादिङवेशीमा संचालित बौद्धिक अपाङगता भएका बालबालिकाहरुले

अध्ययन गर्ने बौद्धिक अपाङगता आधारभुत विद्यालयमा सहयोग गरि स्थापना दिवस मनाएको हो ।विद्यालयमै पुगेर बौद्धिक मन्दता अभिभावक समाजका अध्यक्ष केशव रिजाललाइ बालबालिकाहरुको लागि स्टेशनरी सामाग्री, खाद्यसामाग्री र सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको युनिटी सहकारीका अध्यक्ष कृष्णलाल उप्रेतीले जानकारी दिए ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न सहयोग कार्यक्रम गर्दै आएका सहकारीले यस वर्ष बौद्धिक अपाङगता भएका बालबालिका पढ्ने विद्यालयमा सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीका संचालक समितिका पदाधिकारीहरु, शेयर सदस्यहरु र कर्मचारीहरु सहभागी भएका थिए ।

२०७५ भदौ १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: