Mon. Mar 10th, 2025

एसिया कप छनोटमा नेपालको पहिलो जित : मलेसिया १९ रनले पराजित


१६ भदौ, धादिङ –

एसियाली क्रिकेट काउन्सिल ९एसीसी० एसिया कप छनोटमा नेपालको पहिलो जित भएको छ । सुरुआती दुई खेलमा पराजित भएको नेपाल तेस्रो खेलमा विजयी भएको छ। शनिबार आयोजक मलेसियालाई नेपालले १९ रनले पराजित गरेको हो। १८९ रनको चुनौती पाएको मलेसियाले ९ विकेटको क्षतिमा पूरै ३० ओभर खेल्दै १६९ रन मात्र बनाउन सक्यो।

पहिलो ब्याटिङ गरेको नेपालले मलेसियालाई जितका लागि १८९ रनको चुनौती दिएको थियो। वर्षाका कारण ३० ओभरमा झारिएको खेलमा नेपालले ७ विकेट गुमाउँदै मलेसियासामु १८८ रनको स्कोर खडा गरेको थियो।

सुरुमा नेपालले निकै खराब ब्याटिङ गरे पनि पछिल्लाक्रमका ब्याटस्म्यानले सुधारिएको खेल प्रदर्शन गरे। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ८७ बलमा १०१ रनको साझेदारी गरेपछि नेपालले १८८ रनको स्कोर बनाएको थियो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६४ रन बनाए। ४८ बल खेलेका आरिफले ५ चौका र २ छक्का प्रहार गरे। दीपेन्द्र ऐरीले ५१ बलमा ५४ रन प्रहार गरे। नेपालका लागि अनील शाह १६, पारस खड्काले १३, सुवास खकुरेलले ९, ज्ञानेन्द्र मल्ल ११ र वसन्त रेग्मीले ६ रनको योगदान गरे।

२०७५ भदौ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: