Mon. Mar 10th, 2025

एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल पराजित


१३ भदौं, धादिङ –

एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा बुधबार नेपाल ओमानसँग पराजित भएको छ ।

बुधबार भएको खेलमा ओमानले नेपाललाई ७ विकेटले हराएको हो । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ओमनलाई जित दिलाउन खवार अलीले उत्कृष्ट पारी खेले ।

अलीले तेस्रो विकेटका लागि वैभव वाटेगओंकरसँग ७६ रनको साझेदारी गरे । यससँगै खेल ओमानको पक्षमा गएको थियो । ३६।४ ओभरमा वैभव रन आउट भए । उनले व्यक्तिगत ४१ रन बनाए ।

प्रतियोगितामा अलीले चौथो विकेटका लागि जिशन मक्सुदसँग अविजित ७७ रनको साझेदारी गर्दै ओमानलाई जित दिलाए । अली ८४ रन अविजित रहे भने मक्सुद ४५ रनमा नटआउट रहे । जतिन्दर सिंह ३० र अकिब इल्यासले १६ रन बनाए ।

बलिङतर्फ नेपालका कप्तान पारस खड्काले एक विकेट लिए । सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनले विकेट लिन सकेनन् । यसअघि मलेसियाको किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारि ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । नेपालको सुरुवात सामान्य रहृयो । लामो समयपछि टिममा फर्किएका सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा थिए । पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेकबा खकुरेल मात्र ४ रनमा आउट भए ।

कप्तान पारस खड्काले पनि ठूलो पारी खेल्न सकेनन् । ज्ञानेन्द्रसँग २५ रनको साझेदारी गरेका पारस मात्र ८ रनमा आउट भए । तेस्रो विकेटका रुपमा आउट भएका ज्ञानेन्द्र ५ रनले अर्धशतक बनाउन चुके । ६० बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

दिपेन्द्र सिंह ऐरी पनि व्यक्तिगत ९ रनमै आउट भए, जतिबेला टिमको स्कोर ८०र४ थियो । तर, सागर र आरिफ शेखले उत्कृष्ट पारी खेले । दुबैले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । ४५ औं ओभरको पहिलो बलमा पाँचौं विकेटका रुपमा आरिफ आउट भए । आरिफले व्यक्तिगत ३६ रन बनाए ।

रोहितकुमार पौडेल शून्यमै आउट भए सोमपाल कामीले पनि ५ रन मात्र बनाए । तर, नवौं नम्बरमा आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र ९ बलमा २४ रनको साझेदारी गरे । पाँच बल बाँकी छँदा सागर ८३ रनमा रनआउट भए । ८४ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का हाने । करण केसीले मात्र १० बलमा २६ रन बनाउँदा भने बसन्त रेग्मीले खाता नै खोल्न सकेनन् । ओमनका लागि विलाल खान, मुहम्मद नदिम र अजय भ्रिज्लाल लिल्चेताले समान २र२ विकेट लिए ।

२०७५ भदौ १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: