१२ भदौ, काठमाडौँ –
बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले ब्यापारघाटा ब्यहोरेको छ ।
भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले भारतसँगको ब्यापारमा आर्थिक बर्ष २०७४/०७५ मा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ ।
गत आवमा नेपालले ८ खर्ब १० अर्ब ९० करोड रुपैयाँको सामान भारतबाट आयात गरेको छ भने ४६ अर्ब ६० करोड ४८ लाख रुपैयाँको सामान निर्यात गरेको छ ।
नेपालको सबभैभन्दा ठुलो ब्यापार भारतसँगै छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।
पत्रपत्रिकाबाट
२०७५ भदौ १२ गते प्रकाशित