
२ भदौँ, काठमाडौँ –
लायन्स तथा लियो क्लव अफ काठमाडौं नेटवर्कले आयोजना गरेको अन्तर लियो फुटसल प्रतियोगिताको उपाधि लियो क्लव अफ काठमाडौँ सिम्रीकले जितेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजना गरिएको प्रतियोगीताको फाइनलमा काठमाडौँ सिम्रीकले लियो क्लव अफ रेन्वो सीटीलाई पेनाल्टी सुटआउटमा ३ –२ ले पराजित गर्दै उपाधि चुमेको हो । निर्धारित १५ मिनेटमा १–१ को बराबरी भएपछि विजेताको टुङ्गो पेनाल्टी सुट आउटमा गराउनु परेको थियो ।
त्यस्तै छाब्दी बराहीले तेस्रो स्थानमा चित्त बुझायो । विजेता सिम्रीकले रु १५ हजार, उपबिजेता रेन्बोले १० र तृतिय छाब्दीले ५ हजारमा चित्त बुझायो । विजेता, उपविजेता र तेस्रो स्थानका सबै टिमलाई नगद पुरस्कार सहित, टर्फि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै खेलमा उत्कृष्ट खेलाडी सञ्जीव श्रेष्ठ, उत्कृष्ट गोलकिपर अमृत श्रेष्ठ र उत्कृष्ट कप्तान सरोज श्रेष्ठ घोषित भए । प्रतियोगितमा १२ टिमको सहभागिता रहेको थियो ।
बिजयी टोलीलाई कार्यक्रमको प्रमुख अतिथि लायन्स मल्टिपल डिष्ट्रिक ३२५ को पिएमसिसि राजन लम्सालले प्रमणापत्र, ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै पिएमसिसि राजन लम्सालले युवाहरु देश र समाजको मुख्य संवाहक हो यसलाई खेलकुदले अझ निखारिने बिश्वास ब्यक्त गरे ।
२०७५ भदौ २ गते प्रकाशित