Sun. Mar 16th, 2025

भारतमा बाढी : ६० जनाभन्दा बढीको मृत्यु


३१ साउन, भारत –

भारतको केरलामा बाढीका कारण ६० जना भन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै बाढीका कारण २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अहिले राहत र उद्दारको काम भइरहेको छ । यो राज्यमा गएको १०–१२ दिनदेखि लगातार रुपमा पानी परिरहेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण त्यहाँको धेरैजसो उडान समेत बन्द भएका छन् ।

अहिलेसम्म त्यस क्षेत्रमा यस्तो स्थिति नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भिषण वर्षासँगै आएको बाढीका कारण केलराका स्कुल तथा कलेज आजका लागि बन्द गरिएको छ ।

२०७५ साउन ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: