२४ साउन, धादिङ –
मुक्तिनाथ विकास बैंकले क्रियापुत्री र वृद्धाश्रम भवन निर्माणका लागि सहयोग गरेको छ ।
नीलकण्ठ नगरपालिका ३, सुगमटोल सुधार समितिद्धारा निर्माण भइरहेको किरीयापुत्री र वृद्धाश्रम भवन निर्माणका लागि २० हजार सहयोग गरेको हो ।
जनता बैकमा होइन बैक जनतामा जानु पर्दछ भन्ने नारा बोकी स्थापना भएको बैकले शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्वका लागि सहयोग गरेको मुक्तिनाथ विकास बैक धादिङ शाखाले जानकारी दिएको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिका –३, सुगमटोल सुधार समितिद्धारा क्रियापुत्री तथा वृदाआश्रम भवन निर्माण गरिएको छ । भवन निर्माण भईसकेपछि टोलबासी तथा धादिङबेशीमा घर नभएकाहरुलाई आफन्तहरुको निधन हुदाँ यस भवनबाट सेवा प्रदान गरिने समितिले जानकारी दिएको छ ।
बैकले यस अघि पनि धादिङबेशीमा रहेको मसानघाटमा टयुबेल जडान, मलेखुको भद्रकाली बेद वृदाआश्रमलाई खाद्यन्न तथा लत्ता कपडा सहयोग गदै आएको छ ।
२०७५ साउन २४ गते प्रकाशित