Mon. Mar 10th, 2025

महिला साफ फुटबल च्याम्पियनसिप आजदेखि, नेपालले शनिबार पाकिस्तानसँग खेल्ने


२४ साउन, धादिङ –

युु–१५ साफ च्याम्पियन महिला फुटबल बिहीबारदेखि भुटानमा सुरु हुँदैछ ।

भुटानको थिम्पुमा बिहीबार हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने–सामने हुनेछन् ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता रहेको छ । यस पटक पाकिस्तान र श्रीलंका पहिलो पटक सहभागि हुँदैछन् ।

नेपाल पहिलो संस्करणमा सहभागि भए पनि समूह चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालले प्रतियोगिता अन्तर्गत शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

२०७५ साउन २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: