

१८ साउन, जिम्बावे –
जिम्बावेमा वर्तमान राष्ट्रपति इमर्सन मन्गाग्वा राष्ट्रपतिमा निर्वाचित भएका छन् । सोमबार भएको चुनावमा ५० दशमलव ८ मत ल्याएर मन्गाग्वा फेरि राष्ट्रपतिमा निर्वाचित भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
जिम्बावेको चुनाव आयोगकी प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले १० प्रान्तको परिणाम सार्वजनिक गर्दै मान्गाग्वा फेरि राष्ट्रपतिमा निर्वाचित भएको जानकारी दिएकी छिन् । उनका अनुसार विपक्षी नेता नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत मत पाएका छन् ।
मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज एमडीसी गठबन्धनले भने यो परिणाम झूठो भन्दै नमान्ने घोषणा गरेको छ ।
मतदानको दिन शान्तिपूर्ण रहे पनि गएको बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भडकिएको थियो । हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु समेत भएको थियो ।
२०७५ साउन १८ गते प्रकाशित