
१६ साउन, धादिङ –
ऐतिहासिक एक दिवसीय डेब्यु खेलमा नेपाल पराजित भएको छ । नेदरल्याण्डले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल ४१।५ ओभरमा १३४ रनमै अलआउट हुन पुग्यो । ५५ रनको जितसंगै नेदरल्याण्डस्ले सिरिजमा १–० को अग्रता लिएको छ ।
नेपालको ओपनर जोडी चलेपनि मध्यक्रमका व्याट्सम्यान नचल्दा नेपालले अनेपिक्षत हार व्यहोर्न बाध्य भयो । ५८ रनमा पहिलो विकेट गुमाएको नेपालले ८५ रन हुँदा दोस्रो हुँदा २ विकेट गुमायो । नेपालले थप ४९ रन जोड्दा ८ विकेट गुमाउन पुग्यो । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ले ५१ रनको अर्धशतकिय पारी खेल्यो ।
यस्तै दीपेन्द्र सिंह ऐरीले ३३, अनिल शाहले २१ रनको पारी खेले भने शक्ति गौचन ९ रनमा नटआउट रहे । कप्तान पारस खड्का १२ रनमा आउट हुँदा ११ औ नम्बरमा व्याटिङ गर्न आएका शरद भेषवाकर ४ रनमा आउट भए । नेपालका चार जना व्याट्सम्यान शून्यमै आउट भए । आरिफ शेख, सोमपाल कामी, करन केसी र बसन्त रेग्मीले खाता नै खोल्न सकेनन् भने सन्दीप लामिछानेले एक रन जोडे ।
नेदरल्याण्डस्का लागि क्लासिन, रिपोन र सिलरले समान ३–३ विकेट लिए । यस्तै दि लिडीले एक विकेट लिए ।
यसअघि घरेलु मैदानमा नेदरल्याण्डस्ले ४७।४ ओभरमा अलआउट हुँदै १८९ रन मात्रै जोड्न सक्यो । उसका लागि रिपोनले ५१ रनको अर्धशतकिय पारी खेले भने दि लिडीले ३०, स्टेफन माईवर्गले २९ बेनकुपरले २० रनको योगदान दिए ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका पारसले २५ रन मात्रै दिए । यस्तै सोमपाल कामीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले समान एकरएक विकेट लिए । पहिलो एकदिवसीयमा शक्ति गौचन समेत खेल्न मौका पाए । ४ ओभर बलिङ गरेका शक्तिले भने विकेट लिन सकेनन् ।
२०७५ साउन १६ गते प्रकाशित