Tue. Mar 4th, 2025

फिजियोथेरापी,जनचेतना र आजको आवश्यकता

विवेक घिमिरे ‘विशद’ एम.पि.टी(न्युरोलोजी)

स्वास्थ्य उपचारका विधि रोगअनुसार धेरै थरीका हुन्छन् । रोगको प्रकृति र उपचार गर्ने विधि एउटै हुँदैन । कुन रोगलाई कुन विधि उपयुक्त हुन्छ त्यसलाई सम्बन्धितविषयज्ञाताले मात्र जान्ने कुरो हो । फिजियोथेरापी गर्ने तरिका पनि त्यस्तै छ । समस्या नबुझी रोगको अवस्था नहेरी अज्ञान र अल्पज्ञानले थेरापी गर्दा रोगहरू झनै जटिल हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्ने हुन्छ ।
त्यसो त थेरापीदेखि सर्जरीसम्मका उपचार विधिहरू हाम्रो समाजमा जानेर वा नजानेर भने पनि परापूर्वकालदेखिनै चल्दै आएको एउटा उपचार विधि पनि हो । समय सापेक्ष ज्ञानविज्ञानका अध्ययन र अनुसन्धानबाट पत्ता लागेका प्रविधिलाई प्रयोगमा ल्याउन नसक्दाको उपचारविधि सार्थक नभएका तथ्यहरू प्रचारमा आइरहेका छन् ।

कुनै घटना दुर्घटनाबाट मर्केका,े हड्डी चर्केको, मसल फर्केको मस्तिष्कको घात मेरुदण्डको आघातका अवस्थामा परमपराशैलीले तन्काउने, खुम्च्याउन,े पट्टी बाँध्ने, सेक्ने जस्ता उपचार विधिअझै पनि बिकट गाउँघरमा देख्न सुन्न सकिन्छ र कतिपय सर्जरी पनि गरिएका कुरा किताबमा पढ्न पाइन्छन् । ती भए हिजोका उपचारका कुरा । उपचारका विषयमा आजको समाज सचेत र संवेदनशील भैसकेको अवस्था छ । परम्परागत शैलीका उपचारविधिका अनुकुल र प्रतिकुल प्रभावका तथ्य बुझेर हामीले समाजसामु देखिनुपरेको छ ।
आजको विश्वमा हामीले थेरापी विधि के हो ?कस्तो हो ?यसको उपचार किन आवश्यक छ र यो उपचार कसरी गर्ने भन्नेतिर राम्ररी बुझ्न र बुझाउन त्यतिकै आवशयक पनि छ ।

अबत विश्व स्वास्थ्यसंगठनले पनि फिजियोथेरापीको मापदण्ड तयार गरिसकेको छ । थेरापीका विषयमा कतिपय तेस्रो मुलुक पनि प्रभावित भैसकेको छ । विश्वका धेरै मुलुकमा फिजियोथेरापीका विद्यालय विश्वविद्यालय खुलिसकेका छन् ।
खासमा म्यानुअल थेरापी, इलेक्ट्रो थेरापी र एक्सरसाइज थेरापीको समिश्रण नै फिजियोथेरापी हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । यो विधि विषेशगरी शिक्षितर विकिसित राष्ट्रहरूमा यसको आकर्षकता बढेको देखिन्छ । यस प्रविधिबाट गरिने उपचारभने रोगको प्रकृतिअनुसारका हुन्छन् ।

औषधि र सर्जरीबिना पीडकको समस्या समाधान हुनसक्ने हुनाले पनि फिजियोथेरापीको आकर्षण तेस्रो मुलुकहरूमा बढ्दै आएको देखिन्छ । बिरामीको विश्वास थेरापीमा बढ्न थालिसक्दा पनि स्वदेशमा यसको पर्याप्त पठनपाठन नभएको हुँदा अन्य मुलुक गएर पढी थेरापिष्ट बनेर स्वदेशमा आई उपचारक बनेर स्वदेशको सेवा गर्न थालिसकेका छन् । सायद यसै कारणले होला सरकारले अब भने नेपालमा पनि फिजियोथेरापीको दरबन्दी तोक्न लागिसकेको छ । धेरै अस्पतालमा फिजियोथेरापी विभाग राखिसकेको अवस्था छ । थेरापी वृद्ध, वयस्क, युवालाई मात्र होइन बालकहरूका लागि पनि आवस्यक रहेछ भन्ने कुराको बोध समाजमा हुन थालेको पाइन्छ । थेरापीतर्फ चासो बढ्नुमा जनता सचेत हुनुको कारण पनि हो र जनस्वास्थ्यसम्बन्धीको नयाँ फड्को पनि हो ।

प्यारालाइसिस, सर्जरी, अर्थोपेडिक सर्जरी गरिसकेका बिरामी, मुटु, फोक्सो रोगका बिरामी होस् अथबा विभिन्न प्रकारका महिलारोग सम्बन्धी शल्यक्रिया गरेका रोगी नै किन नहुन् यी सबैप्रकारका बिरामीहरूलाई उहीअवस्थामा फर्काउन आवश्यक पर्दछ फिजियोथेरापी तथा पुनस्र्थापना विधि । मांसपेसीमा गडबड भएका र हाडजोर्नीका बिरामीकालागि त थेरापी उपचार विधि नै उपयुक्त हुने हुँदा फिजियोथेरापीप्रतिको आकर्षण बढेको पाइन्छ ।

हड्डी खिइएको दुखाइ कम गर्न, व्याकपेन कम गर्न, मसल टाइट हुँदाको समस्याबाट मुक्त हुन र अन्य लिगामेन्टलगायतका समस्याका समाधानका लागि उपयुक्त उपचार विधि हो फिजियोथेरापी । यस्ता समस्याहरूको जानपहिचान गरेर समयमै यसको उपचार गरिएन भने बिरामी पहिलेकै अवस्थामा आउन सक्दैन । सही समस्याको सही उपचार हुन नसक्दा पाइने दुःख र समस्याले पछुताउनुपरेको अवस्थाले मानसिक रोगमा परिणत भएको पनि देखियो । बिरामीका अवस्थाका कथाव्यथा कसैका लागि पनि प्रिय नहुने हुँदा हामीयोपेशाका पिटीले यस्ता विषयलाई प्रचारमा ल्याइदिनु पनि सान्दर्भिक नै मान्दछौँ ।

स्वास्थ्य समस्या समाधानका लागि मात्र होइन, स्वस्थ रहनका लागि पनि फिजियोथेरापी अत्यावश्यक देखिन्छ । स्कुलमा पढ्ने विद्यार्थीलाई होस् वा खेलमैदानमा उत्रने खेलाडीलाई होस् अथवा जुनसुकै पेशाका, अवस्थाका व्यक्तिलाई होस् फिजियोथेरापी स्वस्थ रहनका लागि आवस्यक छ ।
गत बैशाख १२ को बिनासकारी भूकम्पमा परी विभिन्नप्रकारका चोट लागी शारीरिक असक्षमता भएका व्यक्तिहरूको संख्या निकै बढेको पाइयो । उचित जनचेतना तथा आपतकालीन बिरामी व्यवस्थापनका शीप विशेषगरी ग्रामीण क्षेत्रका स्वास्थ्य सम्बन्धित व्यक्तिहरूमा पु¥याउन सकेको भए संख्या न्युनिकरण हुन सक्थ्यो ।सोही उद्देश्य लिएर ढिलै भएपनि स्वास्थ्यमन्त्रालय अपाङ्गता निवारण तथा पुनस्र्थापना केन्द्रीय एकाई, कुष्ठरोग नियन्त्रण महाशाखा तथा ह्यान्डीक्यापइन्टरनेशनलको संयोजकत्वमा इमर्जेन्सी ट्रमा÷इन्जुरी व्यवस्थापन तालिम नेपालका बढी भूकम्प प्रभावित १४ जिल्लामा प्रारम्भ गरियो ।

जस अन्तर्गत स्वास्थ्यसम्बन्धी तालिम दिने उद्देश्यले विभिन्न संघसंस्थामा कार्यरत डाक्टर, फिजियोथेरापिष्ट, नर्सहरूलाई ‘‘मास्टर ट्रेनिङ अन् ट्रेनर्स’’ तालिम दिने क्रम राखियो । ट्रेनिङप्राप्त फिजियोथेरापिष्ट, डाक्टर तथा नर्सहरूबाट एक–एक जना गरी ३ जनाको टोली १४ जिल्लाको लागि चयन गरियो । त्यसमा पिटीको हैसियतले तालिम दिनका लागि गोरखाजाने अवसर मिल्यो ।

सबै जिल्लाका सहभागीहरूको अनुभवको निष्कर्षयस्ता कार्यहरू मुलुकैभर गर्न गराउन सकेमा जनस्वास्थ्यमा राम्रो प्रभाव पर्नुकासाथै जनचेतनामा ठूलो हलचल आउनेथियो। यसमा सम्बन्धित निकायको ध्यानाकृष्ट हुन सकोस् भन्ने पनि हामीलाई लाग्यो । भर्खरै भएको उक्त योजनाको समापन समारोहमा हामी विभिन्न टोलीको एकत्रित समापन भेलाको निचोड पनि यही निस्कियो । जनस्वास्थ्य र थेरापीका बारेमा राज्यले मुलुकका कुनाकुनासम्मका स्वास्थ्यसेवामा कार्यरत व्यक्तिहरूमा, गाउँगाउँका सर्वसाधारणमासमेत अन्य उपचार र थेरापीका विषयमा धेरैकुरा बुझाउन सकेमा जनस्वास्थ्यमा अनुकुल प्रभाव पर्नुकासाथै स्वस्थ र समृद्ध समाजको परिकल्पना गर्न सकिन्छ ।

२०७५ साउन १३ गते प्रकाशित

About The Author