Mon. Mar 17th, 2025

क्यालिफोर्नियाको जंगलमा आगो, ५ को मृत्यु

१३ साउन, काठमाडौं –

अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १७ जना सम्पर्क बाहिर छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् ।

आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति पुगेको र हजारौं घरहरु खरानी हुने खतरा रहेको समाचारमा उल्लेख छ ।

आगो १९४ वर्ग किलोमिटरसम्म फैलिएको छ जुन सान फ्रान्सिस्को क्षेत्रफलभन्दा धेरै हो ।

२०७५ साउन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: