Mon. Mar 17th, 2025

पाकिस्तानको मतदान केन्द्रमा आत्मघाती बम विस्फोट हुदाँ २८ को मृत्यु


९ साउन, पाकिस्तान –

मतदान चलिरहेको समयमा पाकिस्तानको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा भएको विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

पाकिस्तानमा अहिले राष्ट्रिय र प्रान्तीय एसेम्बलीका लागि करिब १० करोड ६० लाख मतदाताले मतदान गर्दैछन् ।

मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईले बताएका छन् ।

२०७५ साउन ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: