
स्थानीय तह निर्वाचन भएर कार्यबाहक सम्हालेको पनि एक वर्ष पूरा भइसकेको छ । जनताका इच्छा, आकाक्षा र माग पूरा गर्ने प्रतिबद्धताका साथ चुनावमा होमिएर जितेका जनप्रतिनिधिहरु आफ्नो ठाउँको विकासमा निरन्तर लागि परिरहेका छन् । १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लाका प्रत्येक स्थानीय तहले विकासका विभिन्न गतिविधि लिएर जनताका घर आँगनमा गइरहेको छन् । दक्षिणी धादिमा पर्ने जिल्लाको बेनिघाट रोरा गाउँपालिकाले पनि जनताका माग र आवश्यकतालाई सम्बोधन गर्दै आइरहेका छन् । निर्वाचित भएको एक वर्षमा शिक्षा, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा महत्वपूर्ण कार्य गरिरहेको गाउँपालिकाको भनाई छ । गाउँपालिकाले गरेका हरेक क्रियाकलाप तथा विकास निर्माणका विषयमा गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीसँग पाविल न्युज डट कमले गरेको कुराकानीको सारसंक्षेप
तपाई निर्वाचित भएको एक वर्ष वित्यो निर्वाचन पश्चात तपाईले यस क्षेत्र भित्रको चुनौतिहरु के के देख्नुभयो ?
तीन तहको निर्वाचन भएर मुलुकमा संघियता लागु भएको छ । पहिलो स्थानिय तहको निर्वाचन भयो, निर्वाचन पश्चात झन्डै १३ महिना अगाडी मैले आफ्नो कार्यकाल सम्हाले यस भन्दा अगाडी वेनिघाट रोराङ गाउपालिकाको वस्तु अवस्था र एक वर्ष अगाडी अहिलेको अवस्था हेर्दा धादिङ जिललाको सवै भन्दा ठूलो भुगोल भएको गाउँपालिका हो ।
यस गाउँपालिकाका राजमार्गसँग जोडिएतापनि धेरै बस्तीहरुमा अझै पनि सडक पहुँच पुग्न सकेको छैन, ती बस्तीहरु कहिले सडक संजालसँग जोडिन्छन् ?
४० प्रतिशत चेपाङ वस्ती भएको कारणले गर्दा भुगोलको हिसावले पनि विकट भएकोले गर्दा सडकको पहुँचवाट असाध्यै टाढा थिए । जसका कारण जनता घन्टौ सम्म हिडेर आवतजावत गर्ने अवस्था छ । आफुले उत्पादन गरेका तरकारीहरु विक्रि वितरणका लागि ५ घण्टा हिडेर आउनुपर्ने जुन वाध्यता थियो त्यो एक वर्षमा सात वटा सडकहरु निर्माण गरिसकेका छौ । जुन सडक विगतका गतिमा हुन्थ्यो भने सडक निर्माण हुन करीब १० वर्ष लाग्थ्यो ।
मझिमटार भारपाङ अरवाङको सडक झन्डै झन्डै १५ वर्ष अगाडी सुरु गरिएकोे सडक पुग्न सकेको थिएन । हामीले यसपाली सम्पन्न ग¥यौ, त्यहिबाट विदाङ जोड्ने सडकहरु निर्माण गरेका छौँ । खट्यौतिवाट अर्को सडक निर्माणको तयारीमा जुटेका छौँ, त्यहा भ्यु टावर निर्माण गर्दैछौ । चरौदीको चौकीवाट हामीले ८ नम्वरको वडा कार्यलय सम्म जानेमा लगभग ६ मिटरको सडक १ मिटरको नाला सहित ग्राभेल गर्नेछौ । हाम्रो कार्यकाल भित्र एउटा वडाको एउटा बाटो कालोपत्रे गर्नै लक्ष्य लिएका छौ ।
विकासलाई कुन गतिमा लैजाने योजना छ ?
अझै पनि धेरै जनता विद्युतको पहुँचवाट टाढा छन् । एक नम्वरमा अझै सम्म पनि विजुली पुगेको छैन । विद्युत पुगेका सवै वडामा विजुली पु¥याउने लक्ष्य लिएका छौ । पिउने पानीको समस्या भएको ठाँउ रोवाङ कोस्राङ लगायतका ठाउँहरुमा पिउने पानीको समस्या समाधान गरेका छौ । १० नम्वर वडाका विपी मार्गलाई नमुना सडकको रुपमा लिएका छौ । अन्य ठाउँमा सडक खन्ने उपभोक्ता समिति जनप्रतिनिधीहरुले पनि अवलोकन गर्नुहुनेछ । यहाँका जनताको अनुहारमा खुसी ल्याउने कार्यक्रम वेनिघाट रोराङ गाउँपालिकाले गरेको छ ।
यो क्षेत्र तरकारीको पकेट क्षेत्रको रुपमा लिइन्छ, किसानका विषयलाई कत्तिको समेट्नु भएको छ ?
गाउँपालिकामा विषादीरहित तरकारी उत्पादन गर्नुपर्छ भनेर लागेका छौ । तरकारीको वजार व्यवस्थापन र उत्पादन वृद्धिमा लागेका छौ । यो वर्ष हामीले ७ सय ८० रोपनी जग्गामा ९८ धुरीलाई गाउँपालिका र किसानको बीचमा साझेदारी गरेर १३ लाख लागत गाउँपालिकाले र साढे ६ लाख किसानले हालेर धुसावाट सुरु गरेका छौ । अब हामी १० वटै वडामा खास खास पकेट वनाएर विषादीयुक्त तरकारीहरु उत्पादन गर्ने लक्ष्य राखेका छौ । अर्को प्रत्येक वडामा थोपा सिचाँईवाट प्लाष्टिक पोखरीहरु बनाउँदैछौ । हामीले प्रधानमन्त्री कृषि आयोजना पनि संचालन गरेका छौ भदौदेखि यसलाई सुपरजोनमा पनि परिणत गर्नेछौ ।
यस गाउँपालिकामा चेपाङको वाहुल्यता वढि भएको गाउपालिका भित्र पर्दछ, शिक्षाको पहुँचवाट वन्चित भएकाको निम्ती गाउँपालिकाले शिक्षाको छुट्टै निती कार्यक्रम ल्याएको छ कि छैन ?
यसैगरी शिक्षामा पनि विकास भएको छ । जहाँ विद्यार्थी धेरै छ त्यहाँ शिक्षक र जहाँ विद्यदार्थी छैन त्यहाँका शिक्षकहरुलाई अन्य विद्यालयमा पठाएका छौ । अब गाउँपालिकाले विद्यालय व्यवस्थापनको लागि अध्यक्ष पनि यसपालीवाट मावि वडाध्यक्षलाई निमावि र प्राविहरुमा वडा सदस्यलाई दिईने गरी व्यवस्थापन गरेका छौ । त्यहि भएकोले वेनिघाट रोराङ गाउपालिका शिक्षा क्षेत्रमा धेरै अगाडी वढेको छ ।
यस गाउँपालिकाले कार्यपालिकावाट नै पास गरेर आगामी वर्षदेखि एक कक्षा देखि ५ कक्षा सम्म पढ्ने चेपाङ र दलितका बालवच्चाहरुलाई निशुल्क भर्ना लागु गरेका छौ । कुनै पनि विद्यालयले शुल्क लिएर विद्यालय भर्ना गरेको खबर पाएमा विद्यालयलाई कडा कार्वाहि गर्नेछौ । त्यसलाई अवश्यक पर्ने रकमहरु गाउँपालिकावाट नै व्यवस्था गर्नेछौ । विद्यार्थीहरुका लागि झोला र स्कुल पोशाक आगामी शैक्षिक सत्रवाट निशुल्क प्रदान गर्ने गरी निर्णय गरीराखेका छौ । बुस्रबाङका ७९ जना बालबालिकालाई व्यक्तिगत रुपमा पोशाक र शैक्षिक सामाग्री वितरण गरेका छौँ । यदि कुनै पनि अभिभावकले आफ्नो वच्चालाई विद्यालय भर्ना गर्नुभएन भने जनप्रतिनिधि परिचालन गरेर पहिलो महिनाको ५० रुपैया जरिवाना तिर्ने दोस्रो महिना आउनुभएन भने् १०० रुपैया गर्ने र एक वर्ष सम्म पनि पठाउनुभएन भने राज्यवाट पाउने सम्पुर्ण सेवा सुविधाहरु काट्ने छौ ।
यस गाउँपालिका मदिरा निषेधित क्षेत्र भनेर अभियान चलाएको छ, यो सफल हुन्छ त ?
हाम्रो समाज पछाडी पर्ने भनेको मदिराले नै हो । आफुले परिश्रम गरेको सवै मदिरामा सक्ने भएको कारण घरेलु मादक पदार्थमा रोक लगाईएको छ । हामीले यसको अभियान नै चलाएका छौँ । हामीले यस गाउँपालिका भित्र घरेलु मादक पदार्थ बनाउने ठाँउ सवै नष्ट गरिसकेका छौ । केही मानिसहरुले लुकिछीपी खाएपनि यस गाउँपालिकामा ८० प्रतिशत मानिसले खान छोडीसकेका छन् ।
गाउँपालिकाले कस्ता कस्ता कानुनहरु निर्माण गरेका छन् र जटिलताहरु के के छन् ?
अहिलेको जटिलता भनेको स्थानीय तहलाई पुर्वाधार र कर्मचारी व्यवस्थापन देखिन्छ । अहिले पनि नेपाल सरकारले १० वटा वडामा ३ वटा सचिवहरुवाट कार्य सम्पदन गरिराख्नु परेको छ । हामीले सहायक कर्मचारीवाट वडा संचालन गरिराख्नु परेको छ । हामीले ११ वटा कानुनहरु पास गरिसकेका छौ । संघिय प्रदेश सरकार कानुनसंग बाँझिन सक्छ भनेर २२ वटा कानुनहरु निर्माण गर्न सकेनौ । हामीलाई जति आवश्यक कर्मचारी हो त्यो अझै पनि हामीले पाउन सकेका छैनौ । ४ वटा कार्यलय भन्दा अरु कुनै कार्यलय सदरमुकाममा रहदैन भनेको थियो । तर कुनै कार्यलय हट्न सकेको छ्रैन अव यो कार्यलयहरु हटेपछि सरकारले कार्मचारी समायोजन गर्छ भन्ने आशामा छौ । अहिले जति पनि कर्मचारीहरु हुनुहुन्छ उहाँहरुवाट सोचेभन्दा पनि वढि कामहरु भएको छ । उहाँहरुले अफिस टाईम भन्दा वढि पनि काम गरिरहनुभएको छ । कर्मचरीहरुको सहयोगमा पनि एक वर्षभित्र काम सक्न सफल भएका हौ । यस गाउँपालिकाले वजेट विनीयोजन गरेको भन्दा थप पाँच करोडको काम गरिसकेका छौ । राष्ट्रसेवक कर्मचरी र जनप्रतिनिधि मिलेर यो व्यवस्थालाई बलियो वनाएर चुस्त दुरुस्त ढङगवाट सेवा प्रवाह गर्न सक्यो भने जनताको मुहारमा परिवर्तन ल्याउन अव धेरै टाढा छ जस्तो लग्दैन ।
२०७५ असार २५ गते प्रकाशित