Tue. Mar 4th, 2025

छुटाछुटै घटनामा ३ जनाको ज्यान गयो

धादिङ – धादिङका ३ स्थानमा भएका छुटाछुटै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । फुलखर्क २ दांगसिंगमा आइतबार परेको चट्याङ्ग लागेर १३ वर्षीय बालक रविन विश्वकर्माको मृत्यु भएको छ ।

त्यस्तै पृथ्वीराजमार्ग स्थित थाक्रे- ३ महादेवबेंसीमा  काठका मुढामा खेल्दै गरेकी ४ वर्षीय वालिकाको मृत्यु भएको छ । स्थानीय कुमोद्धिन मिंयाकी ४ वर्षीय छोरीको काठका गोलियाले किचेर मृत्यु भएको महादेवबेंसी प्रहरीले जनाएको छ ।

तसर्पु – २ देवलीछाप को कच्ची सडकमा रोकेर राखेको ना ४ त ७१९३ नम्बरको ट्याक्टरमा चालक नभएको अवस्थामा चलाउन खोज्दा स्थानीय ३१ वर्षीय युवा चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

About The Author

अन्य समाचारहरु: