२० असार, धादिङ –
अनेरास्ववियु क्रान्तीकारी संयुक्त जिल्ला कमिटी धादिङले एस ई ई परिक्षा २०७५ मा उत्तीण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
धादिङ जिल्लाकाका विभिन्न विद्यालयका एस ई ई दिएर वसेका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी अनेरास्ववियु केन्द्रिय अध्यक्ष नविना लामाले संविधानले नै शिक्षालाई मौलिक हक संग जोडेकोले स्कुल शिक्षा अनिवार्य र निशुल्क र कार्यन्वयन भनिएको छ त्यसको कार्यन्वयन राम्रो संग हुन नसकेको वताईन । विश्व विद्यालय शिक्षा तथा अन्य शिक्षामा वेतिथीहरु रहेकोले यस्ता समस्याहरुको टुङगो लगाउने र समसया न्युनिकरण तिर लाग्ने वताईन् ।उनले विद्यार्थीहरुलाई आफ्नो उज्वल भविष्यको निम्ती आफैले वुझेर विषय रोजेर अध्ययन गर्नुपर्ने भन्दै शुभकामना व्यक्त गरीन् ।
जीवनको ठूलो कुरा कुन चिज हो भन्ने कुरालाई मनन गर्दै अगाडि बढ्यो भने सफल र असल बन्नको लागि सकिने बताउँदै व्यवस्थापन र शिक्षाका विषय पढ्नकालागि अन्यत्र जानु नपर्ने कार्यक्रममा सहभागिहरुले वताए ।
कार्यक्रममा जिल्लामा उत्कृष्ट नम्वर ३.९६ लेराएर जिल्ला प्रथम भएका चन्द्रोदय माध्यमिक विद्यालयका शैलेन्द्र कडेललाई उत्कृष्ट सम्मान गरेको थियो । यसैगरी गरी धादिङ आवसिय विद्यालयकी अस्मिता लम्साल , न्यु किवो वोर्डीङ धादिङकी कन्चन मल्ल ठकुरी सहित जिल्लाका विभिन्न विद्यालयवाट एस ई ई परिक्षा दिने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
२०७५ असार २० गते प्रकाशित