Mon. Mar 17th, 2025

थाइल्यान्डको गुफामा हराएका १२ बालकको ९ दिनपछि जीवितै उद्धार


१९ असार, काठमाडौं 

थाइल्यान्डको एक गुफामा फसेका १३ जनाको ९ दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामा १२ बालक र तिनका फुटबल प्रशिक्षक रहेका छन् ।

चियांग राईको थाम लुएङ गुफामा फसेका उनीहरुको ब्रिटिस केभ रेस्क्यू काउन्सिलबाट खटिएका उद्धारकर्ताहरुको प्रयासमा ९ दिनपछि जीवितै उद्धार गरिएको हो । फसेका बालकहरु ११–१६ वर्ष उमेरका रहेको र तिनका प्रशिक्षक २५ वर्षको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इन्डिपेन्डेन्टका अनुसार, २३ जुनमा उनीहरु पानी बग्ने गुफामा फसेका थिए ।

देशभित्रैबाट खोज्ने प्रयास असफल भएपछि बेलायतबाट उद्धारकर्ता झिकाइएको थियो । अनुभवी उद्धारकर्ताहरुको प्रयत्नमा हराइरहेका उनीहरुको जीवितै उद्धार भएपछि बालक र प्रशिक्षकका परिवारमा खुसी फर्किएको छ ।

२०७५ असार १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: