२२ चैत, काठमाडौं – नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको आइतबार निधन भएको छ ।
निमोनिया र स्वाइनफ्युबाट पिडित ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई उपचारका लागि दिल्ली लैजान चैत १४ गते नै एयर एम्बुलेन्स समेत बोलाइएको थियो । तर, मौसमले साथ नदिएपछि काठमाडौँमा नै उपचार गराएका थिए ।
गुल्मीको खड्गकोटमा जन्मिएका ढकाल २०५० सालमा अखिलको १२ औं अध्यक्ष भएका थिए । उहाँले हालै एमालेमा भएको कार्यविभाजनमा लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी पाएका थिए । बुढानिलकण्ठमा बस्दै आएका ढकालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।