Sat. Nov 16th, 2024

सामाजिक परिचालक आवश्यक सम्बन्धी सूचना

DFID को आर्थिक सहयोग, VSO नेपालको साझेदारी र आसमान नेपालद्धारा संचालित बहिनी शिक्षाको लागि दिदी कार्यक्रम – भाग २, धादिङ जिल्लाको १३ वटा विद्यालयमा संचालन हुँदै आइरहेको छ । यस परियोजना २०१७ देखि २०२० सम्मको लागि रहनेछ र सोहि परियोजनालाई सुचारु रुपमा अगाडि बढाउनको लागि सामाजिक परिचालकको आवश्यकता परेको हुनाले यस सूचना मार्फत आवश्यक योग्यता पुगेका निवेदकहरुले सामाजिक परिचालकको लागि निवेदन हाल्नु हुन हार्दिक अनुरोध गरिन्छ ।
विवरण
सामाजिक परिचालक –१ जना
स्थानः सिद्धलेक गाँउपालिका, धादिङ
काम र कर्तब्यहरु
१.परियोजनासँग सम्बन्धित क्रियाकलापहरु विद्यालय र समुदायमा संचालन गर्नुपर्ने
२. ठुली दिदीको कामको अनुगमन गर्नेुको साथै ठुली दिदीको क्षमता अभिवृद्धि गर्ने
३.विद्यालय र समुदाय सशतिmकरण कार्यक्रमहरु संचालन गर्ने
४.कार्यक्रम सम्बन्धि योजना बनाउने, कार्यान्वयन गर्नुका साथै त्यसको अनुगमन तथा मुल्यांकन गर्ने
५.बाल सहभागिता मुलक कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने र त्यसको लागि सहजिकरण गर्ने
६.समुदाय र विद्यालयमा आयोजना गरिएको बैठक, गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रमहरुमा सहजकर्ताको भुमिका निभाउने
योग्यता
१.+२ उतीर्ण भएको हुनुपर्ने
२.सामाजिक परिचालन सम्बन्धि १ वर्षको अनुभव भएको हुनुपर्ने
३ .राम्रो संञ्चार सीप भएको हुनुपर्ने
निवेदकले आपmनो निवेदनको साथै आपmनो ऋख् र नागरिकताको प्रतिलिपिको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ । महिला, दलित, जनजाति तथा स्थानियलाई विशेष प्राथमिकता दिइने छ ।
नोटः यो सूचना प्रकाशन भएको ७ दिन भित्र निवेदन आइपुग्नु पर्ने छ । समय तोकिएको दिन भन्दा पछि निवेदन आएमा स्वत निवेदन रद्ध हुनेछ ।
निवेदन,आसमान नेपाल धादिङको ईमेल id:[email protected] पठाउन सक्नुहुनेछ र आसमान नेपाल धादिङको कार्यलयमा पनि छोड्न सक्नुहुनेछ ।
कार्यलयको ठेगाना
आसमान नेपाल
बीच बजार, सुगम टोल
धादिङबेसी
सम्पर्क नंः०१०–५२१२२१
शनिवार कार्यलय बन्द रहनेछ ।

२०७५ असार १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: