१७ असार, धादिङ –
नेपाल रेडक्रस सोसाइटी धादिङले जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ मा विद्यालय निर्माण गरेको छ ।
हुलाकगाउँमा रहेको महेन्द्रबराही माध्यमिक विद्यालयमा चारकोठे विद्यालय भवन निर्माण गरेको हो । कुल ६७ लाख ७० हजार ३ सय ५ रुपैयामा निर्माण गरिएको विद्यालय भवनको एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष सन्जिव थापाले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । भवन निर्माणसँगै विद्यालयलाई आवश्यक फर्निचर, शौचालय र विद्युत जडान समेत गरिएको छ । भुकम्पपछि भत्किएका विद्यालयको पुननिर्माणमा सहयोग गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले जिल्लाको विभिन्न ठाउँमा विद्यालय भवन निर्माण गर्दै आइरहेको छ ।
त्यस्तै नेत्रावती ४ पीपलडाडामा रहेको कन्यादेबी माध्यमिक विद्यालयमा पनि दुई तले चार कोठाको विद्यालय भवन निर्माण गरिएको छ । कुल ६८ लाख २० हजार ३ सय ५ को लागतमा निर्माण हुने रेडक्रस धादिङका सभापति सीताराम कोइरालाले जानकारी दिए । त्यस्तै सेल्लेमा खोप केन्द्रको दुई कोठे ट्रस भवन निर्माण गरेको छ
।
२०७५ असार १७ गते प्रकाशित