Fri. Jan 31st, 2025

ज्वालामुखीका सीता श्रेष्ठलाई स्वर्णिम प्रतिभा पुरस्कार


१० असार, धादिङ –

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ६ सुनखानीकी सीता श्रेष्ठले स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेकी छन् ।

हेफर इन्टरनेशनल नेपालको सहयोगमा संचालित साना किसान उद्यमी सवलिकरण परियोजनामा सक्रिय सहभागी श्रेष्ठले सन् २०१७ को प्रतिभा पुरस्कार पाएकी हुन् । धादिङबेसीमा आयोजित कार्यक्रममा धादिङ क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद खेमप्रसाद लोहनीले उनलाई पुरस्कार प्रदान गरेका थिए ।

गाउँमै रहेको शान्ति स्वावलम्बी महिला समुहकी सदस्य रहेकी श्रेष्ठले समुह मार्फत गरेको प्रगतिबाट आफूलाई सफलता मिलेको बताइन् । सीता भन्छिन, आफुले गरेको कामको सम्मान गर्दै पुरस्कार प्रदान गरेकोमा खुसी छु । अहिले गाउँमा फोकस नेपाल र हेफर इन्टरनेशन नेपालको सहयोगमा सहकारीका स्थापना गरिएको छ । सहकारी मार्फत आयआर्जनका कार्यमा सधै सक्रिय रुपमा समाज रुपान्तरणको कार्य गरिरहेकी छन् ।

सीताको कष्टकर जीवन र दैनिक जीविकोपार्जनका लागि समूहबाट ७० हजार तथा साना किसान सहकारी संस्थाबाट १ लाख ५० हजार ऋण लिई गाउँमै कुटानी पिसानी मिसीन सञ्चालन गरे । साथै बाख्रा पालन र तरकारी खेती गर्न सुरु गरिन् ।

समूह र सहकारी मार्फत लिएको ऋण अहिले सीताले चुक्ता गरेकी छिन् । हाल सीताले २४ वटा बाख्रा १ भैंसी र १ पाडी पाल्दै आएकी छिन । सीताले समूह मार्फत नेतृत्व विकास, आधारशीला, पशुपालन र उचित व्बयवस्थापन, करेसाबारी निर्माण, तरकारी खेती, सम्बन्धि तालिम लिएकी छिन । उनले खाली जग्गा वा बारीको छेउछाउमा मेन्डोला, भट्टमासे, नेपियर जस्ता उन्नत जातका घाँसहरु रोपण गरेकी छिन । अहिले सीताले गर्दै आएको काम व्वयावसायिकता तर्फ उन्मुख छ । सीता र उनका श्रीमान्ले घरमा मिलेर का मगर्दै आएका छन । सीताको काममा सघाउन श्रीमान् पटक्कै हिचकिचाउदैनन ।

सीताले समूह मार्फत लिएका २ बाख्रा फिर्ता गरेकी छिन । सीताले आफु मात्र नभई सवैको भलोमा जुट्दै आएकी छिन । हाल सीताको परिवारमा आफ्नै उत्पादनले खान पुग्दछ । परिश्रम बाट प्राप्त आम्दानीले उनी छोरालाई पढाउदै आएकी छिन । साथै उनले अहिले ४ रोपनी खेत समेत थप गरेकी छिन ।

सीता र उनका श्रीमान्ले यस बर्ष बाख्रापालनबाट मात्र २ लाख रुपैंया आम्दानी गरेका छन । त्यसैगरी तरकारी खेती, दुध र मिलबाट करिब २ लाख आम्दानी भएको छ । जसबाट उनीहरुको दिनचर्या सहज बन्नुका साथै छोराहरुको पढाई र घरव्ब्यवहार चलाउन समेत मद्दत पुगेको छ ।

२०७५ असार १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: